६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

गुल्मी ।
गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
रेसुंगा नगरपालिका ८ अन्तर्गत गुल्मी जिल्ला अदालतमा आज आइतवार कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जिल्लामा रहेको राजनीतिक दल,प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल,
जिल्ला निर्वाचन कार्यालय,सुरक्षा निकायका प्रमुख, नागरिक समाज,सञ्चारकर्मी लगायतको रोहबरमा कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको क्षेत्र नं १ अन्तर्गत गुल्मी जिल्ला अदालत र
क्षेत्र नं २ अन्तर्गत रेसुंगा नगरपालिका २ मा रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निर्वाचन कार्यालय स्थापना गरेको हो ।

निर्वाचन आयोगले असोज १५ देखि २० गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न दिएको निर्देशनअनुसार गुल्मीमा पहिलो दिनमा नै दुई वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको हो ।

गुल्मी निर्वाचन क्षेत्र १ मा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेल र २ मा शिवबहादुर थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार