२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

पाल्पामा स्टार नेपाल टिकटक ग्रुपको राहत रकम तथा शैक्षिक सामग्री वितरण

भूवन पोखरी , सोमवार १८ । असोज।
स्टार नेपाल टिकटक ग्रुपको राहत रकम तथा शैक्षिक सामग्री हिज मंगलवार  रैनादेवी छहरा गाँउ पालिका ३ भूवन पोखरी डाडागाँउमा रहेको उमा कुमारी वि.क.को घरमै पुगेर एक कार्यक्रम विच राहत हस्तान्तरण गरिएको छ । बिदेशमा बसेर पनि नेपालीहरुको पिडामा मलम पट्टि गर्दै आएको स्टार नेपाल टिकटक ग्रुपले राहत रकम तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

तस्विर तस्विर सौजन्य : डिआरजी सुमन 

अभियान्ता हरि प्रसाद पाण्डेको पहलमा संकलित नगद रु १० हज़ार,६ दर्जन कापि,डटपेन,पेन्सिल र ३ सेट स्कुल पोशाक पीड़ित परिवारलाई दिन पाउँदा खुशि लागेको बताउने पाण्डेको पहलमा यस अघि पनि धेरै पिडितलाई सहयोग गरिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ साविक भुवनपोखरी गाउँ विकास समिति वडा नं. ५ डाँडागाउँ निवासी उमा कुमारी वि.क.का श्रीमान अर्जुन वि.क.को गत असार २२ गते रोजगारीको शिलशिलामा भारतमा मृत्यु भएको थियो । उहाँका ३ छोरा छोरीहरु साना, घरको आर्थिक अवस्था समेत अत्यन्तै कमजोर भएकाले बच्चाहरुलाई शिक्षा दिक्षा तथा पालनपोषण गर्न कठिनाई रहेको परिवारले गुनासो गरेको छ । देशभर सहयोग उपलब्ध गराउदै आएको “स्टार नेपाल टिकटक ग्रुप”ले यस पटक पाल्पा पनि सहयोग उपलब्ध गराएको छ ।

रैनादेवी छहरा गाँउ पालिका अध्यक्ष प्रदिप पौडेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडा सदस्य धन वहादुर रायामाझि ,भिमकला खाम्चा,वाल विनोद आधारभूत विद्यालयका प्रधानाध्यापक कुल वहादुर घर्तिको आथित्यता रहेको थियो । डिआरजी सुमन फ़ैन्स कल्व नेपालका कोषाध्यक्ष नेत्र नेपाली,श्यामलाल पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन पत्रकार डिआरजी सुमनले गर्नु भएको थियो ।

पिडित बि.क. लाई नगद रु १० हज़ार,६ दर्जन कापि,डटपेन,पेन्सिल र ३ सेट स्कुल पोशाक पीड़ितलाई हस्तांतरण गर्दै सामाजिक कार्यमा क्रियाशीलता जनाएको प्रति वडा अध्यक्ष प्रदिप पौडेलले स्टार नेपाल टिकटक टिम तथा सजजिकरण गर्ने संस्थाहरुप्रति खुसी व्याक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको वताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार