२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

सन्धिखर्क ।
दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा ७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले
बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दशैं मनाउन आमासंगै मामाघर जानलागेका पौडेललाई खोेला तर्ने
क्रममा फर्ज्याङ खोलाले बगाएको हो ।

पौडेल एक छोरा र एक छोरी लिएर दसैँ मनाउन माईती भूमिकास्थान–७,चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए।

बच्चाको खोजी कार्य जारी रहे पनि बुधवार रात परिसकेकोले भोलि विहिबार पुनः खोजी गरिने प्रहरीले जनाएको छ।

लगातारको झरीका कारण जिल्लाका साना खहरे खोलाहरू बढेकका छन् । झरीकै कारण जनजिवन पनि प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार