२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

प्युठान : पहिरोमा बेपत्ता ६ जनामध्ये दुई जनाको शव भेटियो

प्युठान ।
प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज शनिवार बिहान दुई जनाको शव फेला परेको छ ।

शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।
बाँकी चार जनाको खोजी भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

अहिले नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार