३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

पाल्पामा खोलाले बगाउँदा एक जना बेपत्ता

पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिका–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् ।

निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१ को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका हुन् ।

शुक्रबार फर्किने क्रक्रममा रामपुर नगरपालिका कठैडाँडाबाट साखर्दी खाएर भएर बाकामलाङको डोकोडाँडा जाने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका चन्द्रबहादुर आले र नेश्नल रानाले भने खोला तरेका थिए । खोजीका लागि प्रहरी र स्थानयले प्रयास गरे पनि शनिबार बिहानसम्म बेपत्ताको अवस्था थाहा नभएको स्थानीय दानस मल्ल ठकुरीले जानकारी दिए ।

खोजी प्रयास जारी रहेको र स्थानीयलाई समेत खबर गरेर खोजी गर्न आग्रह गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार