३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको ज्यान गयो

दाङ ।
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मुसरियामा हिजो शुक्रवार राति १० बजेतिर लु ४० प ४९२२ नम्बरको मोटरसाइकल
दुर्घटना हुँदा मोटरसाइकलमा सवार भालुवाङको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका–६ का सुलेश चौधरी रहेका छन् ।

दुर्घटनामा परि लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा
दुर्घटनामा परेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार