३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

एकीकृत समाजवादीका प्रदेश सदस्य एमालेमा

अर्घाखाँची /असौज-१३
नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सदस्य भोजबहादुर खड्का नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । अर्घाखाँचीको मालारानी-५ निवासी खड्का समाजवादी अर्घाखाँचीका प्रभावसाली नेता हुनुहुन्थ्यो । उहाँ उम्मेदवारी दर्ताकै दिन नेकपा एमालेलेको पार्टी कार्यालय सन्धिखर्कमा पुगेर पार्टी प्रवेश गर्नुभएको थियो ।
नेकपा एमाले प्रवेश गर्दै उहाँले एकीकृत समाजवादी अब कम्युनिस्ट पार्टी नरहेको बताउनुभयो । उहाँले माधव नेपाल समुहले प्रतिक्रियावादीको सेवाको निम्ति पार्टी बिभाजन गरेको पुष्टि भएको भन्दै चुनाव पछि समाजवादी पार्टी नै नरहने ठोकुवा समेत गर्नुभयो ।
खड्कालाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी लगायतका नेताहरूले फुलमाला र अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार