शोभाखर पन्थी
अर्घाखाँची / असौज-२४
नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेकपा एमाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिचालन कमिटीको बैठकमा मन्तव्य राख्दै उहाँले मंसिर-४ को निर्वाचनले नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने भन्दै उच्च मनोवलका साथ निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनुभएका उहाँले ५ बर्षको अबधिमा जिल्लामा थुप्रै बिकास निर्माणका काम गरेको भन्दै उहाँले अधुरा योजना निर्माणको निम्ति नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले अरु राजनितीक दलले २५ बर्षमा गर्न नसकेको काम आफ्नो पार्टीले ५ बर्षमा पुरा गरेको भन्दै उहाँले नेकपा एमालेको सरकारले गरेका कामको प्रचार गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रदेश सभाका सदस्य समेत रहनुभएका उहाँले बिकास ,समृद्धि ,सुशासन र सामाजिक न्यायको निम्ति नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
निर्वाचन परिचालन कमिटीका सहसंयोजक जिवनारायण कोईरालाको अध्यक्षता र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले तत्काल पालिका तथा वडा कमिटीका बैठक सम्पन्न गरि चुनावी योजना निर्माण गर्ने ,जनभेटघाटको निम्ति जिल्लामा ७ वटा टिम निर्माण गर्ने लगायतका निर्वाचन केन्द्रित केही आबस्यक निर्णय समेत लिएको नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनु भयो ।
उच्च मनोबलका साथ निर्वाचनमा लागौं :आचार्य
तपाईको प्रतिक्रिया