१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

रुपन्देही – २ मा सत्ता गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

बुटवल ।
रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका गुरुङ सहित हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र स्वतन्त्र उमेदवारी दिएका हिमाल बश्यालको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिनुभएको छ ।

गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार विहीन बन्दा पौडेलको सिंहदरवार यात्रा सहज बनेको अनुमान गरिन थालिएको छ । गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार