३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

अर्घाखाँचीका ४ उम्मेदवारले गरे उमेद्वारि फिर्ता

गोमा पौडेल / अर्घाखाँची ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेद्वारि दिएका अर्घाखाँचीका ४ उम्मेदवारले उम्मेदवारी फिर्ता लिउका छन् । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार आज उम्मेदवारी फिर्ता गर्नेहरुमा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका पशुपति ढकाल, प्रदेश ‘क’ मा गठवन्दनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका ठाकुर कुमार वि.क., प्रदेश ‘ख’ बाट स्वतन्त्र उमेद्वारि दिएका महेश पन्थ, राजमोबाट प्रदेश ‘ख’को उम्मेदवार बनेका जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन ।
आजको उम्मेदवारी फिर्ता सँगै अर्घाखाँचीमा नेकपा माओवादि केन्द्र प्रतक्ष्य तर्फ उम्मेदवार विहिन बनेको छ भने गठवन्दन दलबाट कांग्रेस र राजमोलाई सिट मिलेको छ । उता नेकपा एस ले भने प्रदेश सभा क मा राम बहादुर चौहानलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार