गोमा पौडेल / पाणिनी,अर्घाखाँची
राष्ट्रिय युवा सँघ नेपाल पाणिनी गाँउपालिका कमिटिको आयोजना हुने भनिएको बृहत सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । यहि असोज २९ गते दुर्गाफाँटमा हुने तयारि भएको कार्यक्रम मौषम प्रतिकुलता र निर्वाचन आचारसंहिता समेत लागु भएको भन्दै कार्यक्रम स्थगित भएको आयोजकले जानाकारि दिएको छ ।
कार्यक्रम स्थगन गर्नु परेकोमा आयोजकले क्षमा याचना समेत गरेको छ । स्थगित कार्यक्रम आउदो कार्तिक १९ गते पुर्वनिर्धारित स्थानमै गर्ने युवा सँघ पाणिनीका अध्यक्ष बसन्त के.सि.द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अर्घाखाँचीको पाणिनीमा हुने भनिएको सांस्कृतिक कार्यक्रम कार्तिक १९ मा हुने
तपाईको प्रतिक्रिया