२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

बि.वि. मा.वि.अड्गुरीमा पुरस्कार वितरण तथा विद्यार्थी सम्मान कार्यक्रम

अर्घाखाँची / पाणिनी न्युज
विद्या विनोद माध्यमिक विद्यालय पाणिनी ७ अड्गुरी अर्घाखाचीले शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा सफल विद्यार्थीलाई पुरस्कार तथा एस ई.इ. परिक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ।
एस ई.इ. परिक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरि सम्मान गर्दै उज्ववल भविश्यका लागि शुभकामना प्रदान गरेको हो ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति पाणिनी ७ का वडा अध्यक्ष गुनाखर अधिकारी रहनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य कल्पना बि.क., विद्यालय ब्यावस्थापन समितिका सदस्यहरु नेत्र बहादुर कुवँर ,तुल्सीराम पौडेल, अभिभावकहरु सुशिल खनाल ,जयराम घिमिरे तथा विद्यालयको तर्फबाट प्रधानाध्यापक माधव भुसालले विद्यार्थीहरुको शैक्षिक सफलताका लागि शुभकामना प्रदान गर्नुभएको थियो ।
शिक्षक विष्णुप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक इन्दिरा थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार