२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अनेरास्ववियु कपिलवस्तु: टिसर्ट सार्वजनिक सङै गर्यो निर्वाचन परिचालनको जिम्मेवारी बाँडफाड

कपिलवस्तु । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्ला कमिटीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ लक्षित निर्वाचन परिचालनको जिम्मेवारी बाडफाड गरेको छ ।

जिल्ला पार्टी कार्यालय तौलिहवामा आयोजित अनेरास्ववियु कपिलवस्तुको बैठकले जिल्लामा अनेरास्ववियु कपिलवस्तुका जिल्ला अध्यक्ष अन्जित खनालको संयोजकत्वमा प्रतिनिधि सभा क्षेत्र नं १ मा सन्दीप आचार्य क्षेत्र नं २ मा हेमराज खनाल र निर्वाचन क्षेत्र नं ३ मा दिपा गैरेलाई जिम्मा दिइएको छ । यस्तै बैठकले क्षेत्रीय संयोजक १ (१) बिष्नु घिमिरे र दिनेश थारु , १ (२) मा शिबलाल ठाकुर, क्षेत्रीय संयोजक २ (१) मा प्रकाश न्यौपाने र ३(१) मा राहुल यादब, ३(२) बिष्नु थापा लाई जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले प्रत्येक पालिकामा पालिका अध्यक्षको संयोजकत्वमा भुगोलका जिल्ला सदस्य हरुलाई समेत निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ । जस अन्तर्गत बाणगंगा नगरपालिकामा भोजराज बन्जाडे र सन्दिप न्यौपाने, बुद्धभुमी नगरपालिकामा पारस मरासिनी र सुबास घिमिरे, कृष्णनगर नगरपालिकामा चितबन ठाकुर, बिजयनगर गाउँपालिकामा कृष्ण शर्मा पौडेल, शुद्वोधन गाउँपालिकामा मनिष चौधरी, मायादेबी गाउँपालिकामा इस्तफार मुसलमान लाई जिम्मेवारी दिएको छ । बाकी पालिकामा भने गृहकार्य गरेर छिटै जिम्मेवारी प्रदान गर्ने र कार्तिक ५ गते क्षेत्र नं ३ को भेला बिजयनगरमा, कार्तीक ६ गते क्षेत्र नं २ को भेला गर्ने र ७ गते भने क्षेत्र नं १ को क्षेत्रीय भेला गर्ने जिम्मेवारी दिएको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष अन्जित खनालले बताए ।

यस्तै अनेरास्ववियु कपिलवस्तुले नेकपा एमाले जिल्ला पार्टी कार्यालय तौलिहवामा एक कार्यक्रमका बिच टिसर्ट बिमोचन समेत गरेको छ । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिब श्याम प्रजापतिको प्रमुख आतिथ्यता, अनेरास्ववियु स्थायी कमिटी सदस्य टुकलाल गैरे, अनेरास्ववियु कपिलवस्तुका पुर्व अध्यक्ष बिकास आचार्य र बाबुराम अर्यालको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियु कपिलवस्तुका जिल्ला सदस्य हरु उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार