१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

शान्ति मावि भु.पु. विधार्थिको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

गणेश खनाल
अर्घाखाँची ।
शान्ति मावि भुतपुर्व विधार्थि समाज बागीँको आयोजनामा आधारभूत विधालय स्त्तरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
६ वटा समुहको सहभागीता रहेको प्रतियोगितामा शान्ति मावि प्रथम,सिद्व मावि भण्डार द्वितीय,सुन्दर आधारभुत विधालय तृतिय र जनता आधारभुत विधालयले सात्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रम मन्तव्य राख्दै प्रमुख अतिथि तथा मालारानि गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तुल्सिराम मिश्रले जिल्लाकै नमुना योग्य काम गर्दै आएको यश संस्थाले विघालयमा रचात्मक काम गरेको प्रति प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेले समाजले विधालयको विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउदै आएको चर्चा गर्दै आगमि दिनमा पनि थप क्रियाशिल रहने बताउनुभयो । समाजका अध्यक्ष गणेश खनालको अध्यक्षता सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विधालयमा विभिन्न विदामा उकृष्ट हुने विधार्थिलाइ समेत सम्मान गरिएको थियो ।


कार्यक्रम मालारानी गाउँपालिका प्राविधिक प्रमुख हरिश्चन्द्र पाण्डे,सैनामैना नगरपालिकाका ईन्जिनियर अरूण खनाल,आईटिलिंकका प्रमुख विष्णुप्रसाद भुसाल,नागरिक उड्डयन प्राविधिक अधिकृत विष्णु विक्रम वि.क.ले कार्यक्रममा महत्त्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार