२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

पाणिनी गाउँपालिकाले अपांगता पहिचान तथा बर्गिकरण शिविर संचालन गर्ने

अर्घाखाँची / पाणिनी ।
पाणिनी गाउँपालिकाले अपांगता पहिचान तथा बर्गिकरण शिविर संचालन गर्ने भएको छ । अपांगता भएका ब्यात्तिको परिचय पत्र वितरण कार्यविधि २०७६ अनुसार आउदो कार्तिक ३ गते विहान ११ बजेबाट अपांगता भएका ब्यात्तिको पहिचान गर्ने र बर्गिकरण गर्न शिविर संचालन गर्ने भएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले आवस्यक कागजात सहित शिविरमा सहभागि हुन सरोकारवाला सबैलाई अनुरोध गर्नुभएको छ ।
अपांगता भएका तर पहिचान नभएकाहरुले आफ्नो पहिचान गर्न तिन प्रति पार्सपोर्ट साईजको फोटा,नागरिकता अथवा जन्मदर्ताको प्रमाणपत्र , संरक्षककोे नागरिकताको प्रतिलिपि,सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र तथा अपांगता सम्वन्धि कुनै कागजपत्र भएमा सो समेत लिएर गाउँपालिकाको कार्यालय दुर्गाफँटमा उपस्थित हुन सुचना मार्फत गाउँपालिकाले जानाकारि गराएको छ ।

No photo description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार