प्रकाश प्युठानी / पाणिनी, अर्घाखाँची ।
स्थानिय तह बने पछि गाँउगाँउमा जनप्रतिनिधिहरु जनताको सेवामा खटिरहदा कतै सकारात्मक र कतै नकारात्मक टिप्पणिहरु भैरहेका छन् । पछिल्लो समय नगद वितरण गर्दा पारदर्सिता नहुने ठानेर स्थानिय तहहरुले बैकिङ प्रणाली मार्फत राज्यले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्न थाले पछि कैयौँ समय ब्यतित गर्दै खर्च समेत गरेर लिन जानु पर्ने समस्याले हैरानी भएका थिए ।
तर सबै वडा र त्यहाँका जनप्रतिनिधिहरुले उनिहरको समस्या बुझ्न नसकेको गुनासो आईरहेका बेला अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७, अड्गुरीले आजबाट बैंकसँग सहकार्य गरि साविकका प्रत्येक वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
वडा कार्यालयको यो कार्यले जेष्ठनागरिकहरु खुशिले गदगद भएका छन । आफ्नो खातामा भएको रकम गाँउमै आएर बुझ्न पाउँदा उनिहरु खुशि भएका हुन । कार्यक्रमको उद्घाटन गर्दै ७ न. वडाका वडाध्यक्ष गुनाखर अधिकारिले समाजको ऐनाका रुपमा रहनुभएका जेष्ठ नागरिकहरुको अनुभव समाज विकासको माध्यम भएको भन्दै निर्वाचनका बेला आफुहरुले गरेको प्रतिवद्धता पुरा गर्न सहयोगि भुमिका निर्वाह गरेको बताउनुभएको छ ।
अध्यक्ष अधिकारिले आमा बुवाहरुले बैंकमा गएर लामो समय कुर्नु पर्ने, टाढा टाढाबाट धाउनुपर्ने बाध्यता बुझेर शुरुवात गरेको यस कार्यलाई आगामि ५ वर्ष सम्म निरन्तरता दिने बताउनुभएको छ ।
उपस्थित जेष्ठ नागरिकहरु मध्येबाट सबैभन्दा जेष्ठ नागरिक गुमानसिंह सोमैलाई भत्ता वितरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु बिन्दु घर्ति,कल्पना बि.क.,प्रेम बहादुर थापा, वडा कार्यालयका कर्मचारी कृष्ण रिजाल,तारा बहादुर रायमाझि,बैंकका कर्मचारि रिता अधिकारि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्त भएको थियो । कार्यक्रमको संचालन वडा कार्यालयका सचिव कमल प्रसाद न्यौपानेले गर्नुभएको थियो ।