अर्घाखाँची ।
हरेक कार्यमा सहजता हुने गरि सथानिय जनप्रतिनिधिहरु जनउत्तरदायि बन्न सके खास ठुलो र विशेष काम नै गर्नु पर्छ भनने पनि छैन, सामान्य कार्यमा सहजिकरण मात्र गर्न सकेको खण्डमा पनि जनता खुशि हुन्छन भन्ने कुराको पछिललो उदाहरण हो अर्घाखाँची जिल्लाको छत्रदेव वडा न. १ चिदिका ।
गाउँ गाउँमा जेष्ठनागरिकहरु लाई बैंकमा गएर लाइन बसेर बृद्धभत्ता बुझ्न गाह्रो परिरहेको अबस्थामा छत्रदेब ०१ चिदिका वडा कार्यालयले घरदैलोमा पुगेर बृद्धभत्ता बितरण गरेकोमा स्थानीय बासीले खुशी व्यक्त गरेका वडा अध्यक्ष काजी बाबु ज्ञवालीले बताएका छन । शाइन रेसुङ्गा बैंक खर्ज्याङ्ग शाखाको समन्वयमा वडाका जनप्रतिनिधि सहित विभिन्न दलका पदाधिकारीको समेत उपस्थितिमा कार्यक्रम गरेर जेष्ठ नागरिकहरुलाई सहजता प्रदान गरिएको छ ।
टोल स्तरमै बैंकिङ सेवा सबै वडा कार्यालयहरुले दिन सकेमा जेष्ठ नागरिकहरुप्रति उच्व सम्मान हुने उनिहरुले बताउने गरेका छन् ।