१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

अर्घाखाँचीमा भिरबाट धकेलेर भाईको हत्या गर्ने ब्यात्ति पक्राउ

अर्घाखाँची जिल्लाको भुमिकास्थान न.पा. १ खलाधारा भीरबाट लडी मृत्यु भएको भनिएका साम्नेगाँउ निवासी ७०बर्षका बिर बहादुर गमालको आफ्नै दाजुले भिरबाट धकेलि हत्या गरेको आरोपमा उनका दाजु हिम बहादुर गमाललाई प्रहरिले पक्राउ गरेको बताएको छ ।
घटनाको सूचना प्राप्त हुन साथ प्रहरी चौकी ढाकाबाङ बाट प्र.ना.नि.ठाकुर प्रसाद थारुको कमाण्डमा प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको र आज कार्तिक ३ गते बिहान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा soco सहितको प्रहरी टोली खटिई विस्तृत रुपमा अनुसन्धान गर्दा मृतक बिर बहादुर गमाल र निजको सहोदर दाई बर्ष ७४ का हिम बहादुर गमाल मिति कार्तिक २ गते बृद्ध भत्ता बुझ्न भनि घरबाट हिंडि भुमिकास्थान नगरपालीका वडा नं ४ धारापानी स्थित शाईन रेशुङ्गा बैंकबाट बृद्ध भत्ता बुझेर घर फर्किदै गर्दा बेलुकी अन्दाजी ७ बजेको समयमा बाटोमा हिड्दै गर्दा दाजुभाईको लेनदेको बिषयमा सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली मृत्यु भएको भन्ने तथ्य खुल्न आएको हुँदा निज हिम बहादुर गमाललाई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी सम्मानित अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार