१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

कपिलवस्तु : सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कपिलवस्तु ।
कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
हिजो बेलुका बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको ज्यान गएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको पनि ज्यान गएको छ ।
सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको उपचारका क्रममा भैरहवामा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । दुर्घटनामा गोविन्द सुवेदी, प्रेम मल्ल, कुलबहादुर घर्ती र सागर पाण्डे घाइते भएका सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय पिपराले दिएको जानाकारि अनुसार घाइतेको भैरहवामा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार