कार्तिक ०५ / अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले चुनावी भेटघाट तथा छलफलको कार्यक्रमलाई तिब्रता दियको छ।
नेकपा एमाले केन्द्रिय कमिटी सचीव तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेद्वार पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र नेकपा एमाले प्रदेश सभा क्षेत्र न एकका उम्मेद्वार चेत नारायण आचार्यले शनिबार मालारानी ८ को कमेरेपानी मा जनभेटघाट गर्नु भएको छ।भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझी र आचार्यले मालारानी गाउँ पालिका वडा न ८ मा जनताका बिचमा गरेका प्रतिबद्धताहरु धेरै कार्यनयन गरेको बताउदै बाकी रहेका थप प्रतिबद्धता पूरा गरि समृद्ध जिल्ला बनाउन सुर्यध्वजाबाहक उम्मेद्वारालाइ बिजयी गराउनु पर्ने बताएका छन। मालारानी गाउँ पालिकाका सम्पुर्ण वडाहरुलाइ समृद्ध वडा बनाउनको लागि आफुहरु लागि परेको बताउदै आफुहरुले सम्पन्न गरेका विभिन्न योजनाहरु समेत प्रस्तुत गर्दै अर्घाखाँची जिल्लामा विभिन्न योजनामा बिनियोजन गरेको रकम समेत गठबन्धन सरकारले कटौती गरेको भन्दै दुख ब्याक्त गरेका छन।
मालारानी ८ का स्थानीयबासीहरु बिच छल फल गर्दै उठान भएका समस्याहरु पूरा गर्न आफू हरु लागि पर्ने प्रतिबद्धता समेत नेता रायमाझी र आचार्यले गरेका छन।
हिन्दु हरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना ब्याक्त गर्दै नेता रायमाझी र आचार्यले नेकपा एमाले सङ्ग कुनै पनि पाटी यक्लै चुनाव लड्न्न सक्ने क्षेमता नभएको भन्दै गठबन्धन गर्नु परेको बताएका छन।गठबन्धन सरकारले विभिन्न भ्रम फैलाई दुधको साची बिरालो नबन्न आग्रह समेत गरेका छन ।
भेटघाट कार्यक्रम मा बोल्दै जिल्ला कमिटी सदस्य नरेन्द्र कुमार बस्नेतले मालारानी ८ का सम्पूर्ण कार्य कर्ता लाई प्रत्यक्ष र समानुपातिक तहका उम्मेदवार हरुलाइ सुर्य चिन्नमा मतदान गरि भारी मतले बिजय गराउन आग्रह समेत गर्नु भएको छ।
भेट घाट कार्यक्रममा नेकपा एमाले प्रदेस सदस्य जनार्दन खनाल नेकपा एमाले जिल्ला कमिटी सचीव तोज बहादुर रायमाझी जिल्ला कमिटी उप सचीव सम्भु पोख्रेल जिल्ला कमिटी सदस्य नरेन्द्र बस्नेत, बुद्धिजिवि संगठनका केन्द्रिय सल्लाहकार सदस्य मधु सुधन अधिकारी अनेरास्ववियु केन्द्रिय सदस्य अर्जुन भुसाल लगायत पालिका कमिटी वार्डकमिटीका दर्जनौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रम खिम बहादुर रानाको अध्यक्षता पद्मा पन्थीको स्वागत मन्तब्य र राम प्रसाद भुसालको सन्चानमा सम्पन्न भएको थियो।