२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

हिन्दु सनातन धर्मं नै विश्वको आदि धर्म हो : बाबा योगिराज

अर्घाखाँची ।
वैदिक सनातनधर्म सेवा समिति पाणिनी अर्घाखाँचीको आयोजनामा आज पाणिनीको आलमदेवि मन्दिरमा अन्तरक्रिया तथा हिन्दुत्व संरक्षणमा अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाबा यागिराजले हिन्दु सनातन धर्मं नै विश्वको आदि धर्म भएको भन्दै हिन्दुधर्मको शुरुवात नै विज्ञानको जग भएको बताउनु भएको छ ।
बाबा योगिराजले आज विज्ञानले भनेका हरेक कुराहरु हिन्दु धर्मका धर्म ग्रन्थ र पवित्र पुस्तकहरुमा उल्लेख भैसकेकोले हिन्दु धर्म नै आजको विज्ञान भएको पुष्टि गर्न सकिने बताउनुभएको हो । हिन्दु धर्मको रक्षाका लागि नयाँ पुस्तालाई जागरुक बनाउदै बैदेसिक पलायन रोक्नुपर्नेमा जोड दिनुभएको छ । संसारको उत्कृष्ट दर्शन पनि पुर्विय दर्शन भएको भन्दै पाश्चात्य संस्कृतिको हस्तक्षेप रोक्न आवस्यक भएको बताउनु भएको छ । गाईको महत्व नबुझेर गाँउ पाल्ने चलनमा कमि आउनु, संस्कृत भाषाको प्रचार प्रसार र प्रयोगमा कमि आउनुले हामि हिन्दु धर्मालम्बिहरुको अस्थित्व संकटमा पर्न सक्ने तर्फ सजग रहन समेत आग्रह गनुभएको छ ।
कार्यक्रममा पाणिनी गाँउपालिका वडा न. ५ का अध्यक्ष इन्द्रमणि घिमिरे , वडा न.४ का अध्यक्ष हरि प्रसाद घिमिरे, बिश्व हिन्दु महासँघ नेपालका केन्द्रिय सदस्य लेख बहादुर टण्डन,बिश्व हिन्दु महासँघ लुम्बिनी अञ्चल सभाका संयोजक बेदराज घिमिरे, कृष्ण माविका पुर्व शिक्षक मोहनि1राम घिमिरे, वैदिक सनातनधर्म सेवा समिति पाणिनी अर्घाखाँचीका सदस्य जयराम घिमिरे लगायतले शुभकामना मन्तब्य राख्दै हिन्दु धर्म प्रतिको हस्तक्षेप रोक्दै यसमा देखिएका विकृतिको अन्य जरुरी भएकोमा जोड दिनुभएको थियो । वैदिक सनातनधर्म सेवा समिति पाणिनी अर्घाखाँचीका अध्यक्ष चन्द्रमणि घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका पधादिकारि, पत्रकार दिनेश गैरे, तथा धार्मिक तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार