११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँचीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी १२ बर्ष पछी पक्राउ

अर्घाखाँची ।
हत्या गरेर फरार दुई जनालाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको बताएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी आईतवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भूमिकास्थान १०, धनचौर प्यारे निवासी ४० बर्षिय शालिक बहादुर बुढा ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए । गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरि कैद भुक्तानको लागी अदालतमा पेश गरि प्रक्रिया अगाडी बढाईएको छ ।।
उनीहरु वि.सं. २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षिय दधिराम मुसालको हत्या गरेर फरार थिए। जिल्ला अदालत अर्घाखाँची २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद मुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न एक जना अभीयुक्त अझै फरार रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार