अर्घाखाँची / कार्तिक ७
नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने गरि काम गरेको बताउनुभएको छ ।
नेकपा एमाले द्वारा सन्धिखर्क-८ किमडांडाको विभिन्न ठाउँमा आयोजित जनभेटघाट तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उहाँले आफुहरु सांसद भएपछि जिल्लाको बिकासको निम्ति धेरै काम गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका आचार्यले अहिले गाउँ गाउँमा मोटर बाटो पुर्याएको,मुख्य मुख्य सडकहरु पीच गर्ने काम भैरहेको ,घरघरमा पिउने पानीका धारा लैजाने काम भैरहेको ,प्राविधिक विद्यालय स्थापना गरेको ,विद्युत् लाईनमा काठका पोल विस्थापित गरेको ,ठुलाठुला सिंचाइका योजना संचालनमा ल्याएको ,पर्यटन र कृषिको माध्यमबाट स्वरोजगारी सिर्जना गरेको उहाँ भनाइ थियो ।
नेकपा एमालेको तर्फबाट अर्घाखाँची जिल्ला क्षेत्र नं.- १ (क) बाट प्रदेश सभाको निम्ति उम्मेदवार बन्नु भएका उहाँले आसन्न निर्वाचन नेकपा एमालेले जित्नेमा आफू बिस्वस्त रहेको भन्दै चुनाव जितेपछि पनि सधै जनतालाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता भरत पौडेल ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सदस्य नारायण अर्याल ,युवराज बन्जाडे,कमल प्रसाद भट्टराई ,देवी थापा लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
अर्घाखाँचीलाई नमुना जिल्ला बनाउँछौं : आचार्य
तपाईको प्रतिक्रिया