१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

अर्घाखाँचीमा दुई मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु,२ जना घाइते

सन्धिखर्क ।
अर्घाखाँचीमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। यस्तै २ जना घाइते भएका छन्।

सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा विहिवार राती दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका हुन्।

प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका– १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

यस्तै बा २५ प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।

घाइते दुवैजनाको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

ओभर स्पिडका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार