अर्घाखाँची /कार्तिक -१३
नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले जिल्लाको मुहार फेर्नको निम्ति आफू उम्मेदवार बनेको बताउनुभएको छ ।
नेकपा एमाले भुमिकास्थान द्वारा वडा नं.-१ र २ का विभिन्न ठाउँमा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले पद र प्रतिष्ठाको निम्ति नभई जिल्लाको निम्ति केही योगदान पुर्याउँ भन्ने उदेश्यले आफू उम्मेदवार बनेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका उहाँले आफुहरु निर्वाचित भएर गएपछि जिल्लामा शिक्षा ,स्वास्थ्य ,सडक ,खानेपानी र विद्युतको क्षेत्रमा धेरै महत्त्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले जिल्लाको गाउँ-गाउँमा सडक पुर्याईको भन्दै अहिले सडकको स्तरउन्नति गरि मुख्य मुख्य सडक पिच गर्ने योजना बनेको बताउनुभयो । जिल्लामा दर्जनौं मोटरेबल तथा झोलुङ्गे पुलहरु बनाईएको उहाँको भनाइ छ ।
आचार्यले अब जिल्ला अब पिउनेपानीको समस्या समाधान हुने भन्दै घरघरमा पानीको धारा पुर्याउने गरि काम भैरहेको बताउनुभयो ।उहाँले अहिलेको मुख्य समस्या बेरोजगारी भएको भन्दै कृषि र पर्यटनको माध्यमबाट हजारौं व्यक्तिलाई रोजगारी दिने गरी काम गरिरहे बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं.-१ (क) का उम्मेदवार रहनुभएका उहाँले यस पटक व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा इमानदारी पुर्वक काम गर्ने सक्षम र योग्य उम्मेदवारलाई मतदाताले
मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य द्वय प्रेमनारायण गैरे,केवी भुसाल ,जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी ,नेता रेशम थापा ,भुमिकास्थान नगरकमिटीका अध्यक्ष मणि पौडेल ,जिल्ला कमिटी सदस्य बसन्ता पौडेल ,अनेरास्ववियुका केन्द्रीय सदस्य अर्जुन खनाल लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाको मुहार फेर्न उम्मेदवार बनेको हुँ : आचार्य
तपाईको प्रतिक्रिया