२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

गाउँघरमा जनतासँग समस्या बुझ्दै उम्मेदवार

गणेश खनाल / अर्घाखाँची ।
देशभर यतिबेला चुनावि मावोल तातिरहेको छ । उमेद्वारहरु गाउँ गाउँमा छिरेका छन् । वर्षौ सम्म जिल्ला नपस्ने नेता पनि सर्वप्रीय नेताको पदवि भिरेर गाउँमा प्रचार प्रसारमा ब्यास्त छन । यसैक्रममा अर्घाखाँचीमा पनि धेरै उमेद्वारहरुलाई चुनावि गर्मिले तताएको छ । कोहि वर्षौ पछि जिल्ला छिरेका छन् भने कोहि जिल्लाको विभिन्न क्रियाकलापमा सहभागि पनि छन् ।

यसैविच नेकपा एमालको नेता टोप बहादुर रायमाझि पनि आफ्नो चुनावि प्रचारमा हुनुहुन्छ् । आज अर्घाखाँची जिल्लाको पाणिनीमा भएको जनभेटघाटका क्रममा जिल्लाको विकास पछिल्लो १३ वर्षमा भएका गतिविधिलाई नियाल्न नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टोपबहादुर रायमाझीले आग्रह गर्नुभयो ।
जिल्लामा १३ वर्ष अगाडि एउटामात्र पुल रहेकोमा अहिले दुई दर्जन भन्दा बढी पुल निर्माण भइसकेको उल्लेख गर्दै टोलटोलमा सडक पुगेको र सिचाइ खानेपानीका योजना उल्लेखनीय विनियोजन भई काम सम्पन्न भईसकेको बताउनुभयो । केही अधुरा कामलाइ निरन्तरता दिने गरि अगाडि काम भईरहेको रायमाझीले बताउनुभयो ।
जिल्लाको विकासबारे तथ्यहिन कुरा गरेर जनतालाइ भ्रम पार्ने काम गर्ने शिलशिल रहेको बताउदै तथ्य सहित प्रस्तुत हुन आग्रह गर्नुभयो ।
भर्तपुरका प्रेम पुनले भन्नुभयो विगतको चुनावमा बोले अनुसार सडक विस्तार,विजुलि विस्तार लगाएतका काम गरेकोमा निवर्तमान प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझिलाइ धन्यवाद दिदै ,आगामि वर्षमा खानेपानी सुविधा सम्पन्न पहुच,सडकको स्त्तरउन्नती गरि गाउँको विकासमा टेवा पुयाउन उम्मेदवारलाई आग्रह गर्नुभयो ।
रायमाझि अर्घाखाँचीका बस्ति बस्ति पुग्ने र जन चासोका विषयमा प्रतक्ष्य सहभागि हुने, जिल्लामा धेरै रहने विकासप्रेमि नेताका रुपमा परिचित अनुहार हो । उनलाई धेरै स्थानियहरुले जिल्लाका लागि आवस्यक र केन्द्रमा पहुच राख्न सक्ने उच्व छवि भएका नेताका रुपमा मानेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार