१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

कांग्रेस वडा सचिव सहित १५ जना एमाले प्रवेश

णेश खनाल /अर्घाखाँची
नेपाली कांग्रेस मालारानी गाउँपालिका वाड नम्वर १ का पार्टी सचिव रविलाल भुसाल भुसाल सहित १५ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । नवप्रवेशिकालाई नेकपा एमाले केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेदवार टाेपबहादुर रायमाझीले खादा माला लगाइ स्वागत गर्नुभएकाे छ । नवप्रवेशिहरूले एमालेलाइ विजयी बनाउन आफू दत्तचित्त भएर लाग्ने प्रतिवद्वता जाहेर गरेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै रायमाझीले रिडि सुर्खेत सडक देउराली देखि पिच कार्य अगाडि बढेकाे,भालुवाङ खरावाङ सडककाे काम पनि तिव्र गति बढिरहेकाे,मदन भण्डारी सडक मार्ग लगाएका सडक सञ्जालले मालारानी क्षेत्रलाइ ठुलाे फाईदा हुने बताउनुभयाे । यस्तै बहुबषिर्य याेजनाहरू जिल्लाभर रहेकाे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार