२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

निगमको नाफा १५ दिनमै १८ करोड रुपैयाँ तर तत्काल भाउ नघट्ने

काठमाण्डौ ।
नेपाल आयल निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ ।

निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।

निगमले अहिलेलाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

योभन्दा अगाडि पटक–पटक आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमले खुद्रा बिक्री मूल्य घटाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार