२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

विदेसिएका युवालाई गाउँ फर्काएर रोजगारीको वातावरण सिर्जना गर्छुः उम्मेदवार बन्जाडे

अर्घाखाँची ।

मनोज कार्की–आगमी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाचीँमा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनितिक दलका प्रतिनिधि तथा कार्यकर्ता चुनावी प्रचारप्रसारको लागि गाउँबस्तीमा पुगेका छन् । दलगत उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्ना नयाँ नयाँ एजेण्डासहित चुनावी मैदानमा होमिएका छन् । यसपटकको निर्वाचनमा दलगत उम्मेदवारसंग स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

विगतका निर्वाचन भन्दा यसपाली स्वतन्त्र उम्मेदवार संख्या राम्रै देखिएको छ । चुनावी मिति नजिकिएसंगै दलगत तथा स्वतन्त्र उम्मेदवार आफू र आफ्नो पार्टीले जित्नेगरी मतादाता रिजाउन व्यस्त छन् । दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिईरहेका छन् । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका टोपबहादुर रायमाझी र सत्ता गठबन्धनबाट कांग्रेस नेतृ पुष्पा भुसाल छन् ।

चर्चाका अन्य उम्मेदवारलाई टक्कर दिन लौरो अभियानका उम्मेदवार दूर्गा बन्जाडे चुनावी मैदानमा छन् । विगतमा राजनितिक दलले मतदातालाई थुप्रै आश्पासन दिने तर चुनाव जितेपछि गाउँ नफर्कने मतदाता भुल्ने प्रवृत्तीले जनता आजित छन् त्यसको निवारणको लागि आफूले उम्मेदवारी दिएको बन्जाडेले बताए ।

बन्जाडे १८ बर्षदेखि काठमाडौंमा ब्याबसाय गर्दै आएका छन् । उनी एक उत्कृष्ट तथा सफल ब्यावसायीको रुपमा चिनिन्छन् । देशका विभिन्न जिल्लामा कृषकले उत्पादन गरेका कृषि उपज खरिद गरी उद्योग मार्फत त्यसको प्रसोधन गरी विक्रि वितरण गर्दै आएका छन् । उनले उद्योगमा ३० जनालाई रोजगार दिएका छन् । आफूलाई यसक्षेत्रबाट मतदाताले जिताएमा अर्र्घाखाचीँ जिल्लाको समग्रह विकास र बिदेशीएका युवालाई गाउँमै रोजगारी सिर्जना बन्जाडेले बताए । आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी,स्वास्थ्य,शिक्षा,रोजगारी तथा विकासका पूर्वाधारलाई बिशेष प्राथमिकतामा राखेर चुनावमा मतदातालाई दिएका आश्वासन पुरा गर्ने उनले दाबी गरे ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदका लागि अर्घाखाँचीबाट विभिन्न दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार