बुटवल,२५ कार्तिक
रुपन्देहीका तीन वटा विद्यालयका स्काउट ट्रुपले नेपाल अपाङ्ग आश्रम बुटवलमा बसोवास गर्दै आएकाहरुलाई खाना खुवाएका छन।नेपाल स्काउट नवज्योति स्काउट ट्रुप मणिग्राम, इडन स्काउट ट्रुप नहरपुर र नवीन स्काउट ट्रुप बुटवल देविनगरले शुक्रवार एक कार्यक्रम गरि नेपाल अपाङ्ग आश्रम बुटवल ११ प्रगतिनगरमा स्थाही बसोबास गर्ने करिव ३८ जना लाई खाना खुवाएका हुन ।
नविन औद्योगिक कदर बहादुर रीता माविका स्काउट मास्टर नवराज खरेलका अनुसार खाना खुवाउने कार्यक्रम सगै आश्रम वरपर सरसफाइ कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा स्काउट मास्टर खरेलले विद्यार्थीहरुलाइ एउटा असल नागरिक, देशभक्त र आत्म निर्भरका साथै नैतिक शिक्षा सिकाउन स्काउट महत्त्वपूर्ण रहेको भन्दै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
लामो समय देखि स्काउट र खेल क्षेत्रमा कार्यरत खरेल हाल लुम्बिनी प्रदेश आइ.टि.एफ. तेक्वान्दो संघ उपाध्यक्ष , लुम्बिनी प्रदेश डोरितान संघका अध्यक्ष र नवीन औद्योगिक कदर बहादुर रीता मा. बि. का खेलकुद शिक्षक छन । २०६३ साल देखि खेलकुद क्षेत्रमा प्रबेस गरेका खरेल सामाजिक काम गर्दा खुसी महसुस हुने र सबैले आफ्नो आफ्नो ठाउँ बाट दुखी, गरिव र असाहय परिवार बिहिन ब्यक्तिहरुलाइ माया गर्नु पनेमा जोड दिन्छन ।
नवीन औद्योगिक कदर बहादुर रीता माबी , नवज्योति बोर्डिङ स्कुल र इडन बोर्डिङ स्कुलमा गरि करिव २१० जना स्काउट बिद्यार्थीहरु रहेका छन । उनिहरुलाइ पनि सामाजिक काममा अग्रसर बनाउदा मनोबैज्ञानिक रुपमा उनिहरुको ब्याक्तित्व बिकाश हुने भन्दै नेपाल स्काउटले लिएको एक घर एक स्काउट एक बिद्यालय एक स्काउट शिक्षक अवधारणा लिएको कुरा समय सान्दर्भिक रहेको बताउछन ।
तीन वटा स्काउट ट्रुप मिलेर एक हप्ता सम्म खेलिएको देउसी भैलो कार्यक्रम २०७९ मा जम्मा भएको रकम बाट कार्यक्रम गरिएको हो । देउसी भैलो लाई केवल मनोरञ्जनको रुपमा नलिएर समाजमा केही गर्नु पर्छ भन्ने धारण लिएर देउसी कार्यक्रममा गरिएको हो ।
आगामी दिनमा बाटोमा हिडने कुकुर र गाइहरुलाई पनि खाना खुवाउने कार्यक्रम रहेको समेत खरेलले बताए । यसबाट एउटा असल कामको सन्देश प्रवाह हुने भन्दै उनले स्काउटहरु प्राणी जाती प्रति पनि सहयोगी हुन्छन भन्ने बताउछन । प्राणी जातिका पनि आफ्नै खुसी हुने परिवार हुने हुनाले सबैले माया र संरक्षक गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा वोल्दै नेपाल चेम्बर एफ कमर्स लुम्बिनी प्रदेस महासचीव तथा नवज्योति बोर्डिङ स्कुलका संचालक समितिका अध्यक्ष जे. पि कडेलले एउटा असल एवं महत्त्वपूर्ण कामको सुरुवात स्काउट सदस्यले गरेकोमा धन्यवाद व्यक्त गर्दै आफू पनि सामाजिक कर्ममै खुसी रहेको बताए । आफ्नो ठाउँ देखि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्काउट मास्टर बिद्या खडका , पुजा पाण्डेको आतिथ्यता बुटवल उप महानगरपालिका स्काउट समिति सदस्य एवं स्काउट रोभर मास्टर , स्काउट मास्टर तथा स्काउट (डी.एम.टी ) नवराज खरेलको अध्यक्षता र नवज्योति बोर्डिङ स्कुलका स्काउट सदस्य जविक पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।