१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

नवलपरासीको सुस्तामा डुङ्गा दुर्घटना, तीन जनाको मृत्यु २ घाईते

नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भङ्गालोमा डुङ्गा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुङ्गा दुर्घटनामा परि सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो । दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् । घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।
सोमवार दिउँसो डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा सोमवार राति ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।
सुस्ता गोकुल नगरका युवाहरू नर्सही नजिक पटनहियामा पिकनिक खान गएकामा घर फर्किने क्रममा डुङ्गा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार