२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

अर्घाखाँचीको पाणिनीमा नमुना मतदान

र्घाखाँची / पाणिनी ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सचेतना तथा मतदाता शिक्षाका लागि अर्घाखाँचीको पाणिनीमा नमुना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका वड नं. ८ पालीमा रहेको बाबुराम प्राबिमा आज मंगलबार नमुना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले वास्तविक मतदानका लागि लाग्ने समय र जटिलता मापन गर्नका लागि पनि नमुना मतदान गरिएको बताउनुभएको छ ।

मत बदर नहोस भनि सिकाइको रुपमा नमुना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, मुख्य निर्वाचन अधिकृत तथा न्यायधिस श्रीकृष्ण भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, निर्वाचन अधिकृत सुरेस भन्डारी, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक,कर्मचारी लगायत स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार