उम्मेदवार आचार्यको प्रतिबद्धता: घर-घरमा धारा , वृद्ध भत्ता दोब्बर

अर्घाखाँची ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले अबका दुई वर्षमा हरेक बाँगी बासीको घर–घरमा धारा पुग्ने बताएका छन् ।

बाँगीको पोखेडाडामा आयोजित चुनाव लक्ष्यित कार्यक्रममा आचार्यले घर–घरमा धारा , अपांग भत्ता वृद्धभत्ता ,एकल भत्ता दोब्बर गर्ने प्रतिबद्धता रहेको बताएका हुन ।

सिद्ध मा.वि र शान्ति माविमा गुणस्तरीय शिक्षा खेलाडीको प्रसंशा गर्दै भण्डार खेलमैदान मोटरबाटो स्तरउन्नति गर्ने समेत बताए ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का नेकपा एमाले केन्द्रिय सल्लाहकार कमिटी सदस्य नरेद्र कुमार क्षेत्री तत्कालीन मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री अनेरास्ववियुका युवा नेता अर्जुन खनाल सामजसेवि चन्द्रमणि भुसाल शंकर महत मुनाल महत लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार