२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

बुटवलमा हुने १५ औं प्रदर्शनी मेलाको लागी सचिवालयको स्थापना

बुटवल ।
राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी अन्तर्गत बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ ।

रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको लागि सचिवालयको स्थापना गरिएको हो ।

पुस ७ देखि १९ गतेसम्म बुटवलमा हुने १५ औं प्रदर्शनी मेलामा शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मूल समितिका संयोजक माधव प्रसाद पौडेलले शुभारम्भ गरे । बुटवल उपमहानगरपालिका–१० मा बन्दै गरेको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा रुपन्देही उद्योग संघले पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागेको छ ।

काठमाडौं बाहिर निर्माण गरिएको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा उपभोक्ता दर्शकहरूले नयाँ अनुभव र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए ।पसंघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले मेलामा ५ सयसम्म स्टलहरू राखिने जानकारी गराए ।

प्रदर्शनीका विशेषता रूपमा स्वदेशी उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा बजारीकरण,प्रविधि प्रदर्शन, पर्यटन प्रवर्द्धन एवं सूचना केन्द्र, विभिन्न लोक संस्कृति प्रदर्शन, दोहोरी गीत, लोकगीत र लोक नृत्य प्रतियोगीताहरु, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, सूचना प्रविधि ग्रामको सञ्चालन, कृषि ग्राम सञ्चालन, अटो पेभेलियन, विभिन्न खेलकुद प्रतियोगिताहरू रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार