अर्घाखाँची / कार्तिक -२०
नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले कुनै तागतले आफुलाई पराजित गर्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले द्वारा भुमिकास्थान नगरपालिका वडा नं. ८ का विभिन्न ठाउँमा आयोजित चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले कम्तीमा १० हजारको मतअन्तरले चुनाव जित्ने ठोकुवा गर्नुभयो ।
जिल्लामा अर्बौंको बजेट ल्याई अर्घाखाँचीको मुहार नै फेर्ने गरि काम गरेको भन्दै उहाँले मतदाता नेकपा एमालेको पक्षमा मतदान गर्न आतुर रहेको बताउनुभयो । जिल्लाको बिकासको निम्ति सिन्को नभाँच्ने र चुनाव जित्नैको निम्ति अर्घाखाँची घर बताउने अतिथि उम्मेदवारलाई जनताले राम्रोसँग चिनेको भन्दै उहाँले चुनावले सबै कुराको छिनोफानो गर्ने दावी समेत गर्नुभयो । जिल्लामा पुर्वाधारको धेरै काम भएको भन्दै अब आफ्नो ध्यान स्वरोजगारी तर्फ केन्द्रीत हुने उहाँको भनाइ छ ।
नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको सदस्य पदका उम्मेदवार रायमाझी जिल्लाका निक्कै लोकप्रिय नेता हुनुहुन्छ । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य बाेमबहादुर बि.क.ले मंसिर -४ पछि नेकपा एमालेको सरकार बन्ने ठोकुवा गर्नुभयो । उहाँले यो चुनावमा राष्ट्रवादी नेकपा एमाले र राष्ट्रघाति दलालको प्रतिनिधित्व गर्ने गठबन्धनका बीच प्रतिष्पर्धा देखिए पनि अन्ततः जित नेकपा एमालेकै हुने बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटीका सदस्य द्वय प्रेमनारायण गैरे र लिला जि.सी.ले चुनाव पछि गठबन्धनमा मारामार हुने बताउँदै नेकपा एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका कमिटीका अध्यक्ष मणि पाैडेल,जिल्ला कमिटी सदस्यहरू रेशम थापा, बसन्ता पाैडेल, प्रेम थापा, पार्टी प्रदेश प्रचार विभाग सदस्य अर्जुन भुसाल लगायतकाे उपस्थिति रहेको थियो ।
अर्घाखाँचीमा १० हजार अन्तरले चुनाव जित्ने रायमाझीको ठोकुवा
तपाईको प्रतिक्रिया