३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अर्घाखाँचीबाट भारतको दिल्लिसम्म मैत्री बस सेवा शुरु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरुलाई सहज भएको छ ।

दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने लगायतका झन्झटबाट यात्रुहरु मुक्त हुने विश्वास गरिएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताउनुभयो ।

सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा रहेको भारतको दिल्ली चल्ने बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडा तीन हजार दुई सय पर्ने भएको छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताउनुभयो । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार