१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

शुरु भएका योजना पूरा गर्न आफु विजयी हुन आवश्यक : रायमाझी

गणेश खनाल / अर्घाखाँची ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेद्वार टोपबहादुर रायमाझीले शुरु भएका योजना पूरा गर्न आफु विजयी हुन आवश्यक भएको बताउनुभएको छ । जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न स्थानहरुमा आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्ने क्रममा रायमाझिले आफु सांसद तथा विभिन्न समयमा जिम्वेवारि सम्हाल्दा शुरु भएका योजना पूरा गर्न आफुलाइ विजयी बनाउन मतदातालाइ आग्रह गर्नुभयो ।
१५ वर्षमा अगाडि ठुलापोखरा,छत्रगन्ज,केरूङगा लगायत छत्रदेव गाउँपालिको अवस्था कस्तो थियो आज कस्तो छ हेर्न आग्रह गर्दै पुल नभएका पुल र सडक नपुगेका ठाउँमा सडक पुयाईएको बताउनुभयो ।
पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीले बृद्वभत्ता एमालेले सुुरू गरेको एमालेकै सरकारले बृद्वि गरि ४ हजार पुर्याएको बताउदै यसलाई दोव्वर बृद्वि गरि ८ हजार बनाउने पार्टिको योजना साकार पार्न पनि आफुहरुको जित आवस्यक रहेको बताउनुभयो । ।
विगतका विकासका योजनालाइ निरन्तरता दिन पनि विजयी हुन आवश्यक रहेको बताउदै समृद्ध अर्घाखाँचीको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाई रायमाझिले आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल,युवा इन्चार्ज खुविराम आर्चाय लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार