२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

घण्टिवाहक उमेद्धवार भुषाल पाणिनीका मतदाता माझ

अर्घाखाँची / पाणिनी
राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका उमेद्धवार हरिप्रसाद भुषाल यतिबेला मतदाता भेटघाट तथा चुनावि प्रचारमा ब्यास्त हुनुहुन्छ् । यसै क्रममा जिल्लाका विभिन्न स्थानमा पुग्ने क्रममा आज पाणिनीका विभिन्न स्थानमा मतदाता भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा मतदाताबाट अपेक्षा भन्दा राम्रो साथ पाएको भुषालले बताउनुभएको छ ।
भुषालले नेताहरुबाट जनमैत्रि काम हुन नसकेको जनगुनासो र पुरानो राजनैतिक पृष्ठभुमिबाट वितृष्णा पैदा भएर मतदाताले विकल्पको खोजि गरेका अनुभुति आफुले गरेको बताउनु भएको छ । आफुप्रति जन विश्वास भएको भएको भन्दै चुनावि तडक भडक गरेर मत बटुल्न नसक्ने भन्दै सम्भव भएसम्म आफु जनताको घरदैलोमा पुगेर कम खर्चमा पनि चुनाव जित्न सकिन्छ भन्ने कुराको उदाहरण आफु बन्ने भुषालको विश्वास रहेको छ ।
नयाँ राजनैतिक संकार सहित जनतामाझ गएका सामाजिक अभियान्ता भुषाललाई विषेश गरि युवा पंतिको साथ रहेको बताईन्छ , पार्टि परिवर्तन नै नगरेपनि मत परिवर्तनको सम्भावनालाई हेरेर अर्घाखाँचीमा भुषालको सम्भावना बलियो रहेको कैयन युवाहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार