४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङ ।
दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो ।

क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार