२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा, १६ सय १८ कर्मचारी मतदानस्थलमा

अर्घाखाँची ।
यहि मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको अर्घाखाँचीमा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा गरी कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा खटिएका छन् ।
निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्मचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । यस्तै १ हजार ६ सय १८ जना कर्मचारी खटिएका छन् ।
६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
अर्घाखाँचीमा एक लाख ६४ हजार सात सय ७८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीकाका निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार