६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

माओवादी केन्द्र पाणिनि गाउँपालिका इन्चार्ज घिमिरे एमाले प्रवेश

अर्घाखाँची ।
नेकपा माओवादी केन्द्र पाणिनि गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भाेजराज घिमिरे (शंकर) एमाले प्रवेश गर्नुभएकाे छ । उहाँलाई पार्टी केन्द्रीय सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टाेपबहादुर रायमाझीले पार्टी प्रवेश गराउनुभयाे । उहाँसँगै वडा कमिटी इन्चार्ज लिलामणि घिमिरे,वडा कमिटी सदस्य टिकाराम घिमिरे, हरिकला घिमिरे, माधव घिमिरे, उमेश घिमिरे,सावित्रा घिमिरे, दीपा घिमिरे,ठाकुर प्रसाद घिमिरे, ऋषिराम घिमिरे,अनिता घिमिरे लगायत एमाले प्रवेश गर्नुभएकाे हाे ।
पार्टी प्रवेश कार्यक्रममा बाेल्दै रायमाझीले चुनावी अभियानका क्रममा मात्रै जिल्ला भर सयाैं व्यक्तिलाई एमाले प्रवेश गराएकाे भन्दै पार्टी प्रति जनलहर चलेकाे बताउनुभयाे । उहाँले देशमा विकास, समृद्धि, शान्ति, सुशासन र न्यायकाे पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाे बताउनुयाे । रायमाझीले जिल्लाभर अझै थुप्रै मानिसहरू पार्टी प्रवेश गर्न लागेकाे जानकारी दिँदै नब प्रवेशीहरूलाई उचित जिम्मेवारी दिने समेत बताउनुभयाे । पालिका इन्चार्ज घिमिरेले एमाले बाहेक अरू कुनै दलले देश र जनताकाे हितमा काम गर्ने स्थिति नदेखेपछि एमाले राेजेकाे बताउनुभयाे । उहाँले कम्युनिस्ट आन्दाेलनलाई संस्थागत र विकास गर्ने पार्टी पनि एमाले नै रहेकाे जिकिर गर्नुभयाे । घिमिरेले चुनाव अघि नै पाणिनिमा आफूले थुप्रै व्यक्तिलाई एमालेमा प्रवेश गराउने दावी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार