२ असार २०८१, आइतवार
२ असार २०८१, आइतवार

बुटवलका पत्रकार एनबी कडेंलको सवारी दुर्घटनामा मृत्यु

बुटवल ।
बुटवलका पत्रकार एनबी कडेंल (नरबहादुर कडेंल) को सवारी दुर्घटनामा परी शुक्रवार साँझ मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा जानकीनगरमा भैरहवा तर्फ जादै गर्दा कडेंल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशामा जाँदै गरेको लु १ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा कडेंलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ बर्षीय कडेंल विगत ढेड दशकदेखि रुपन्देहीमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहदै आएका थिए ।

ठक्कर दिने रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

३५ बर्षिय कडेंलका एक श्रीमती ,७ बर्षीय एक छोरा र ७ महिनाकी १ छोरी रहेका छन् । उनको निधनले रुपन्देहीको पत्रकारिता जगत स्तब्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार