अर्घाखाँची । अर्घाखाँचीमा करिव ५४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचत अधिकारी सुरेश भण्डारीका अनुसार एक मतदान केन्द्रबाहेक मतदान शन्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान सम्पन्न भएका स्थलबाट मत पेटिका जिल्ला सदरमुकाम सन्धिखर्क ल्याइदै छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मालारानी गाउँपालिकाको खनदहस्थित आदर्श माविको मतदान केन्द्र ‘ख’ मा एउटाको मतपत्र अर्को मत पेटिकामा (मानवीय त्रुटी) भएपछि केही समय मतदान स्थगित भएको थियो । तर अहिले मतदात सुचार भएको भण्डारीले जानकारी दिए ।
समग्रमा जिल्लामा मतदान कार्य शान्तिपुर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । रातीसम्म सबै स्थानबाट मत पेटिका सदरमुकाम आइसकेपछि मत गणना सुरु गरिने भएको छ । अर्घाखाँचीमा एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभामा सीट छ । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएको थियो ।
अर्घाखाँचीमा ५४ प्रतिशत मत खस्यो
तपाईको प्रतिक्रिया

