अर्घाखाँचीमा एमाले उम्मेदवार रायमाझीको अग्रता,पछ्याउँदै कांग्रेसकी भुसाल

अर्घाखाँची ।
अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार रायमाझीले एक हजार १८६ मत ल्याउँदै अग्रता कायम गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले ७४७ मत प्राप्त गरेकी छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ६४ मत ल्याएका छन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रायमाझी नै विजयी भएका थिए। तर त्योबेला उनी माओवादी केन्द्रमा थिए।

पछि नेकपा फुट भएपछि रायमाझीले माओवादी त्याग गरी एमालेमै बसेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार