अर्घाखाँची ।
अर्घाखाँचीमा चलिरहेको मतगणनामा प्रतिनिधीसभा तर्फ नेकपा एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझिको अग्रता २ हजार भन्दा बढिले कायमै रहेको छ । प्राप्त पछिललो मतपरिणाम अनुसार रायमाझी १४,४३३ मत सहित अगाडि देखिएका छन् भने गठवन्दनका पुष्पा भुसाल १२,२८५ मत सहित पछ्याईरहेकि छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका हरि प्रसाद भुसाल घण्टी १,००८ मत सहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै प्रदेश सभा सदस्य १ मा पनि एमालेका चेतनारायण आचार्य ९,३३३ मत सहित पहिलो स्थानमा छन भने गठवन्दनका सागर केशी ८,८४१ आचार्यलाई मत सहित पछ्याईरहेका छन् ।
यता प्रदेश सभा सदस्य २ मा भने मत परिणाम रोचक बन्दै गएको छ शुरुवाति अग्रता लिएका गठवन्दनका कमल प्रसाद भुसाल ९,९०८ मत सहित अगाडि देखिएका छन् भने उनलाई पछ्याईरहेका एमालेका रामजी प्रसाद घिमिरेले ९,९०२ मत प्राप्त गरेका छन् । घिमिरे र भुषालको मतान्तर कम हुदै ६ मतमा झरेको छ ।
अर्घाखाँचीमा रायमाझि भर्सेस भुषाल, मतान्तर कति ?
तपाईको प्रतिक्रिया