पश्चिम नवलपरासी क्षेत्र २ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी

नवलपरासी ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत ७२ मतले विजयी भएका छन् ।

बस्नेत आफ्नो निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष् प्रधानलाई पछाडि पार्दै ७२ मतले विजयी भएका हुन् ।

बस्नेतले १२४४९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार प्रधानले १२३७७ पाएका हुन्।

उक्त क्षेत्रमा कुल ६६ हजार ५०२ मतदाता रहेकोमा ४६ हजार ३९५ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार