२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अर्घाखाँचीमा एमालेले गर्‍यो क्लिन स्वीप

माधव बेल्वासे / अर्घाखाँची ।
अर्घाखाँचीमा एमालेले क्लिन स्वीप गरेको छ ।जिल्लाको सम्पन्न मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि एमालेका उम्मेदवार टाेपबहादुर रायमाझी १७३० मतले विजयी भएका छ्न ।
नेकपा एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ४२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी गठबंधनको तर्फबाट नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल गौतमले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी हुन । लोकप्रिय तथा बिकासप्रेमी नेताको छवि बनाएका रायमाझी चौथोपटक संसदयात्रा तय गरेका छन ।
प्रतिनिधि सभामा मालारानीले २२५९ लिड गरेकाे एमाले भुमिकास्थानकाे १११, पाणिनी ३७४, छत्रदेव ५७५ काे ऋण तिरेर ११९९ मत वचतमा सन्धिखर्क र शितगंगाले थप गर्दा १७३० मतले एमालेले विजयी हासिल गरेको थियो।
प्रदेश सभा-१ मा मालारानीले २५२९ मतले एमाले लिड गरेकाेमा भुमिकास्थानकाे २०३३, सन्धिखर्ककाे २६४ काे ऋण तिरेर २३२ वचत गरेकाे थियाे । उक्त बचतमा छत्रदेवले ५०८ भाेट गर्दा एमालेले प्रदेश सभा- १ मा ७४० मतले विजय हासिल गरेको थियो ।
प्रदेश सभा-२ मा एमालेका उम्मेदवार रामजी प्रसाद घिमिरेले ८सय १ मतले विजयी भएका छ्न । उनले २२ हजार ७ सय ७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत ल्याएका हुन । जिल्लामा ८९ हजार ५३१ मत खसेको थियो ।

सम्पुर्ण जिल्लाबासि मतदाताहरु लाई विशेष धन्यवाद दिदै एमाले आगामी दिनमा संगठनलाई थप ब्यवस्थित गर्दै आगामी दिनमा थप मत बढाउन प्रतिबद्व रहेको साथै जिल्ला बिकासमा लाग्न नेतहरुलाइ विशेष जिम्मेवारी थप भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार