३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

ढिकुरा अर्घाखाँची रुपन्देही समाजले ढिकुरामा २ दिने निशुल्क स्वास्थ्य शिविर सँञ्चालन गर्ने

अर्घाखाँची। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकराका नागरिकहरुले रुपन्देहीमा स्थापना गरेको ‘अर्घाखाँची ढिकुरा रुपन्देही समाज’ ले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। बिगतका वर्षहरुमा यसवर्ष पनि कार्तिक ४ र ५ गते शिविर सँञ्चालन गर्ने भनिएकोमा समाजले यहि मंसीर ९ र १० गते ढिकुराको गौचोरमा रहेको दिपेन्द्र आधारभुत विधालयमा संचालन गर्ने भएको छ। सो श्रेत्र र पाएक पर्ने स्थानका नागरिकहरुले उक्त शिविरमा गएरसेबा लिन सकिने समाजका अध्यक्ष डिल बिन्दु थापाले जानकारी दिए। उक्त शिविरमा विशेषज्ञ डाक्टरहरुले बिरामी जाच गर्ने छन।

जनरल फिजिसयन,हाडजोर्नी तथा नशारोग,जनरल सर्जन,स्त्री तथा प्रसुतीरोग,शिशु तथा बालरोग,मानसिकरोग र नाक,कान,घाँटीरोग विशेषज्ञ सेवा शिविरमा पाईने आयोजक्ले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार