१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

रुपन्देही ३ : गृहमन्त्री खाँण कमजोर बन्दै,मतान्तर १८३९ पुग्यो

बुटवल ।
गृहमन्त्री बालकृष्ण खाँणलाई १८३९ मतान्तरले पछाडि पार्दै राप्रपाका वरिष्ठ नेता दिपक बोहराले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा जनमुक्ती पार्टीको सर्मथनसहित सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा एमाले,राप्रपा र जसपाको तालमेलबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ नेता दिपक बोहराले ३२ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।

सियारी गाउँपालिकाको वडा नम्बर २,३ र ६ को नौ हजार दुई सय मत गणना गर्न बाँकी छ । हालसम्म ८४ हजार ७४ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार