३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक (सूचीसहित)

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

बिहीबार बिहान पौने १२ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी तीनमध्ये एक क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा मतगणना नै सुरु भएको छैन ।

त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५५ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान सात/सात क्षेत्रमा जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार